
रुपन्देही । रुपन्देही मर्चवारको सम्मरीमाई गाउँपालिकाका पुर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले लुम्बिनी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन । सम्मरीमाई गाउँपालिका – ६ आफ्नै निवासमा अयोजित सभालाई सम्बोधन गर्दै जनमत पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शुक्लाले आफु गाँउपालिका अध्यक्ष हुँदा सम्मरीमाई गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका बनाउन कार्य गरेको बताए । आफ्नो कार्यकालमा जनता मुखि कार्यक्रमल्याई विकास गरेको बताए । मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नं. ४ ‘क’ बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने बताएका छन ।
शुक्लाले वि.सं. २०६४ सालमा नेपाल प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनी तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सम्मरीमाई गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका थिए । उक्त पार्टी नेपाली कांग्रेसमा जोडिएपछि उनी नेकपा एमालेमा प्रवेश गरेका थिए । पछि उनी एमाले प्रत्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए ।
सम्पन्न स्थानीय तहको निर्वाचन अघि माओबादी पार्टीमा प्रवेश गरी गाँउपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
अहिले शुक्लाले पुनः जनमत पार्टीमा प्रवेश गरी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिन आफ्नो निवासमा पार्टीका केन्द्रीय अध्यक्ष डा. चन्द्रकान्त राउत (सि.के.राउत) को प्रमुख अतिथ्यतामा कार्यक्रमको आयोजना गरी उनले घोषणा गरेका हुन ।