सनराईज फुटबल क्लवलाई हराउदै गोर्खा ब्वाइज क्वाटर फाइनलमा

भैरहवा । रुपन्देहीको कोटिहवामा जारी लिस्नु कप फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा गोर्खा ब्वाईज स्पोर्टस क्लव बुटवलले सनराईज फुटबल क्लव नवलपरासीलाई १–० गोलले पराजित गरेको छ । यससंगै गोर्खा ब्यवाईज क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

निर्धारीत समयको खेल ३–३ गोलको बराबरीमा टुंगिएपछि निर्णयको लागि टाईब्रेकरको सहारा लिईएको थियो । टाईब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि सडेन डेथमा गोर्खा ब्वाईजले जित निकालेको थियो । सडेन डेथमा गोर्खाका अनुज गैरेले गरेको गोल सनराईज फुटबल क्लव नवलपरासीलाई घातक साबित भयो । गोल गर्दा सनराईजका दिलिप चौधरीको प्रहार फस्टबार नजिकैबाट बाहिरिएको थियो ।

खेल सुरु भएको ९ मिनेटमै गोर्खाका अनुज गैरेले गोल गर्दै अग्रता दिलाएका थिए । । तर गोर्खाले यो अग्रता धेरै बेर कायम राख्न सकेन । सनराईजका बेदुनाथ भटराईले २६ मिनेटमा गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए । ३० मिनेटमा मनिष चौधरीले र ४२ मिनेटमा बेदनाथले ब्यक्तिगत दोश्रो गोल गर्दै सनराईजको अग्रता ३–१ पुर्याए ।

मध्यान्तर अघि सम्म लय गुमाएको गोर्खाले भने मध्यान्तर पछि गोर्खाका कप्तान निशान्त न्यौपानेले फ्रि किक मार्फत आकर्षक गोल गर्दै गोल अन्तर ३–२ ले घटाए । ७३ मिनेटमा कप्तान न्यौपानेले फेरी गोल गरि खेललाई ३–३ को बराबरीमा ल्याउन सफल रहे ।
खेलमा गोर्खां ब्याईजका निशान्त न्यौपाने म्यान अफ द म्याच घोषित भई ३ हजार रुपैया पुरस्कार पाउनु भयो ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल सम्पुर्ण युवा क्लव सुपौली तिलोत्तमा र राईजिंग स्टार युवा क्लव शिवराज नगरपालिका कपिलबस्तु बिच हुने आयोजक लिस्नु युवा क्लबले जानकारी दिएको छ ।

२० औं संस्करणको लिस्नु कप शनिबार देखि तिलोत्तमा नगर पालिका वडा नम्बर १५ कोटीहवा स्थित पशुपति माबिको मैदानमा आयोजना भैरहेको छ । प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको छ । बिजेताले ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार रुपैया र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाईनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैया, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैया तथा उत्कृष्ट गोलरक्षक, उदियमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैया पाउने छन् ।

प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए । प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफना बुवा डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लवका सचिव मनोज कुमार क्षेत्रीले बताए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation