![](http://upakaronline.com/wp-content/uploads/2022/09/Fb_UC4WWQAEmxD3-670x420.jpg)
काठमाडौं । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमै हार व्यहोरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सी क्रोएसिया डिनामो जाग्रेबसँग १–० गोल अन्तरले पराजित भएको हो ।
जाग्रेबको जितमा मिस्लाभ ओरिसिचले निर्णायक गोल गरे ।
ओरिसिचले खेलको १३ औं मिनेटमा गोल गरेका थिए । जुन गोल घरेलु टोलीलाई जिताउन प्रयाप्त रह्यो ।
यस जितसँगै समूह ुईु को जाग्रेबले पहिलो खेलमै ३ अंक जोडेको छ ।
जाग्रेब शीर्ष स्थानमा रहेको छ ।
चेल्सी अंक विहीन रहेर समूहको पुछारमा रहेको छ ।