
पाल्पा । पाल्पा जिल्लाको माथागढी गाउँपालिका ३ कसेनी सराईमा आयोजना हुन लागेको प्रथम सराई महोत्सवको तयारी पुरा भएको छ ।
आज (बुधवार) तानसेनमा आयोजित पत्रकार सम्मेलनमा वोल्दै महोत्सब मूल आयोजक समिति तथा सराई युवा क्लवका अध्यक्ष कृष्ण सारु मगरले महोत्सवको तयारी पुरा भएको जानकारी गराउनुभयो ।
माथागढी क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि पहिलो पटक महोत्सव आयोजना गर्न लागेको अध्यक्ष सारुले जानकारी दिनुभयो । भाद्र २३ गतेदेखी असोज ३ गतेसम्म आयोजना हुन लागेको महोत्सवमा १ सय ५० वटा स्टलहरु रहने र त्यसमा कृषि तथा पर्यटन सम्बन्धी १५ स्टल रहने आयोजक क्लवका सचिव माया बस्यालले बताउनुभयो । पत्रकार सम्मेलनमा बोल्दै सचिव बस्यालले मेला अवधीमा ३० हजार दर्षकले अवलोकन गर्ने र ७० लाख वरावरको आर्थिक कारोवार हुने अनुमान गरिएको जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सास्कृतिक प्रस्तुती, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता, विभिन्न खेलहरु तथा कृषि र पर्यटन लगायतको प्रर्दशनी रहने आयोजकले जानकारी दिएका छन् । कोरोना संक्रमणका कारण गएको ३ वर्ष यतादेखी पाल्पामा कुनै पनि प्रकारको मेला, महोत्सवहरु आयोजना भएका थिएनन् । यो महोत्सवले पाल्पाको व्यापार बृद्धी संगै आर्थिक चलायमान हुने विश्वास लिइएको छ ।