
गजल
बुझियो सबैथोक सबैमा हुँदैन,
सुन्दर कमलमा पनि बास्ना हुँदैन !!
भ्रमको दुनियाँबाट उठेर हेर्नुस्,
चम्किने जति सबै हिरा हुँदैन !!
कोदो र तोरी उस्तै देखिन सक्ला,
कदापि उस्तै गुण, क्षमता हुँदैन !!
उस्को हुन सकिन सम्झेर पनि,
ए मन अब नसम्झिदा हुँदैन !!
निभ्नेबेला टुकी झन जोरले बल्यो,
यहाँ कसलाई बाँच्ने आशा हुँदैन !!
कृष्ण भण्डारी
डोटी, नेपाल