श्री कल्याणेश्वर महादेव मन्दिर संरक्षण समिती बाणगङ्गा २ पिपरा, कलौनीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यता,उप–प्रमुख रिता चौधरी, वडा अध्यक्ष विष्णु पौडेल, निवर्तमान सामाजिक डिभिजन गजेहाका प्रमुख सुर्य प्रसाद भुसाल, बाणगङ्गा सामुदायिक पुस्तकालयका अध्यक्ष दिलिप कार्की, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइ लगायत विभिन्न संघ संस्थाको प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष धर्मराज घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अर्यालले धर्म संस्कृतिको संरक्षण संगै यस क्षेत्रमा सुन्दर मन्दिर निर्माण गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटनलाई समेत टेवा पु¥याउन समितिको महत्त्वपूर्ण भुमिका रहेकाले वर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै अवको अधिवेशनबाट पनि यस्तै जुझारु नेतृत्व आएर अपुर्ण रहेका कार्यलाइ पुर्णता दिंदै अगाडि बढोस भन्ने शुभकामना व्यक्र गर्नुभयो । स्थानीय तहबाट हुन सक्ने सबै सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उप–प्रमुख रिता चौधरी र वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेलले समेत यस संस्थालाई आ–आफ्नो क्षेत्रबाट पुर्ण सहयोग पु¥याउने जानकारी गराउनुभयो ।
संस्थाका सामाजिक लेखा परिक्षक देवी बहादुर पोख्रेलको संचालनमा भएकोे उक्त कार्यक्रम मा उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य राख्नु भएको थियो । हालसम्म आफ्नो नेतृत्वमा संस्थाका हरेक गतिविधिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सबै सहयोगीहरुलाइ हार्दिक धन्यवाद प्रकट गर्दै अध्यक्ष घिमिरेले कार्यक्रम को समापन सँगै दोस्रो अधिवेशनका लागि शैक्षिक ब्याक्तित्व सुर्य प्रसाद भुसालको संयोजकत्वमा ऋृषिकेशब भारद्वाज, टीका कुमारी अधिकारी सदस्य रहेको निर्वाचन मण्डल रहेको जानकारी गराउनु भएको थियो ।
उक्त निर्वाचन मन्डलको दोस्रो अधिवेशनले पुन : धर्मराज घिमिरेको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको थियो ।
अध्यक्ष–धर्मराज घिमिरे
उपाध्यक्ष–सीता लामिछाने
सचीव–हरि घिमिरे
सह–सचीव–माधब घिमिरे
कोषाध्यक्ष–कमल प्रसाद भुसाल
सदस्यहरु
ईन्द्रकला टन्डन
नवराज कोइराला
राम बहादुर टन्डन
छबिलाल पोख्रेल