![](http://upakaronline.com/wp-content/uploads/2022/09/306598282_492403116065385_8110914494793508251_n1663216379-670x420.png)
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।
उनी यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक आउने कार्यक्रम छ।
अरगरियाले आफू एमाले प्रवेश गर्न लागेको सेतोपाटीलाई बताए। ‘म एमाले प्रवेश गर्दैछु, त्यसका लागि असोज ८ मा अध्यक्ष ओली धनुषा आउने कार्यक्रम छ,’ उनले भने।
उनले असोज ३ मा निर्वाचन क्षेत्रमा छलफल गरी लोसपाबाट राजीनामा दिने पनि बताए।
्
अरगरिया २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए। त्यसबेला उनी संघीय समाजवादी फोरममा थिए।
उनले मधेश केन्द्रित पार्टीले मधेशका जनताको अपमान गरेको आरोप लगाएका छन्। भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद चरमउत्कर्षमा रहेको उनको भनाइ थियो।
चुनाव नजिकिएसँगै अवसरका लागि मधेसमा पार्टी परित्याग र प्रवेशका कार्यक्रम हुने गरेका छन्।