नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले ट्रफी सार्वजनिक गरेका हुन्।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सात वटै प्रदेशमा पुर्‍याउने राष्ट्रिय खेलकुद परिषदले तयारी गरेको छ।

आज (शुक्रबार) साँझ सुदूरपश्चिम पुर्‍याइने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ।

ट्रफीलाई सातै प्रदेश पुर्‍याएर असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरामा पुर्‍याइने लक्ष्य छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन पोखरा रंगशालामा आगामी असोज २८ हुनेछ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation