
गजल
आयो सोचेँ उसको चिठी म कहाँ !
बाटो सोध्न आएछ हुलाकी म कहाँ !!
आफूले आफूलाई सम्झिरेहेको बेला !
उड्दै आयो परेवाको जोडी म कहाँ !!
दुनियाँले ढुङ्गाको उपमा दियो मलाई !
अब हजारौं आउँछन् पुजारी म कहाँ !!
घातक हुन्छ दाप भित्रको खुकुरी !
कसले छोडेर गयो फूलदानी म कहाँ !!
एउटै फूल त बिझ्यो भन्नुहुन्छ तपाईं !
फूलै फूलको छ फूलबारी म कहाँ !!
नरेश क्षेत्री ‘स्टोन’
बझाङ, नेपाल