छत्रकोटले नागरिकलाई निशुल्क सुगर जाच गर्ने

गुल्मी। छत्रकोट गाउँपालिकाले गाउँपालिका वासी सबै नागरिकलाई निशुल्क सुगर जाचको व्यवस्था गरेको छ। बिरामीहरुका लागि निशुल्क सुगर जाँच कार्यक्रम शुरुवात गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनु भयो।

गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सल्लाहका आधारमा छत्रकोट गाउँपालिका अन्तर्गत श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गा, हर्दिनेटा स्वास्थ्य चौकी हर्दिनेटा, हुँगा स्वास्थ्य चौकी हुँगा र खर्ज्याङ स्वास्थ्य चौकी खर्ज्याङ्गमा सञ्चालित ल्याबमा गाउँपालिकाका सबै उमेर समुहका नागरिकहरुलाई सुगर जाचँ निशुल्क हुने गरि गाउँपालिकाले निर्णय गरेको हो।

यो गाउँपालिकाको आफ्नै कार्यक्रम भएको पनि स्वास्थ्य शाखा प्रमुख पोखरेलको भनाई छ। चार वटा ल्याबबाट यो सेवा हुने उल्लेख गर्दै आवश्यक केमिकल गाउँपालिकाले उपलब्ध गराउने जानकारी दिनु भयो। साथै ल्याबको जनशक्तिको समेत गाउँपालिकालेनै व्यवस्थापन गर्ने सहमति भएको छ। गाउँपालिकाको सो निर्णय स्वास्थ्य सेवाविस्तारको एक उपयुक्त र अत्यवाश्यक विषय भएको भन्दै आम गाउँपालिका वासीहरुले खुसी व्यक्त गरेका छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation