कपिलवस्तु । कपिलवस्तु यतिवेला राप्रपामय वन्दै गएको छ । दैनिक जसो पार्टीमा प्रवेश गर्नेको लर्कोनै लागिरहेको छ । आज (मंगलवा।) कपिलवस्तुको यसोधर गाउँ पालिका वडा नं ३ का बिजय नाथ चौबे लगायत ११ जनालाई पार्टीको सदस्यता प्रदान गरेको छ । जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले बिजय नाथ चौबेलाई वडा नं ३ को किसान संगठन अध्यक्षको जिम्मेवारी समेत प्रदान गर्दै अब हरेक कुना कन्दराका हरेक बर्गलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारि दिदै संगठन मजबुत बनाउदै अगाडि बढिने बताउनु भएको छ । उक्त कार्यक्रम मा केन्द्रिय सदस्य डाक्टर माधब पन्थी, जनजाति महासंघका केन्द्रिय सदस्य सुर्य गुरुङ्, बाणगङ्गा नगर अध्यक्ष गिरिराज कंडेलको उपस्थिति रहेको थियो।
यता बाणगंगा ११ मैनारा निवासी नेपाली काग्रेस सक्रिय सदस्य पुरन बहादुर चौधरी आजबाट नेपाल बचाउने बनाउने अभियानमा जोडिनु भएको छ । उहांलाई नगर अध्यक्ष गिरिराज कडेलले पार्टिको सदस्य र बिभागिय सदस्य सुर्य कुमार गुरुङ्ले अबिर लगाई स्वागत गर्नु भएको हो ।