
सैनामैना । बुद्ध इङ्गलिस स्कुलमा शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सैनामैना ७ मा रहेको सो स्कुलमा नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली , छठ र नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोख्रेलले शिक्षाले संस्का सिकाउदै संस्कृति जगेर्ना गर्ने पथमा अग्रसर भए मात्र शिक्षाको मुल मान्यता पूरा हुने भन्दै बुद्ध स्कुलले यस्ता कार्यक्रम गर्दै आएको र निरन्तर गरिरहने बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्ष स्कुलका प्राचार्य लेखनाथ गैरेले पनि विद्यार्थीहरुलाई सीप र संस्कार सहितको शिक्षा आवश्यक रहेको भन्दै आउदा त्यसका निम्ति बुद्ध इङलिस स्कुल हरपल लागि परेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै सह प्राचार्य शुकदेव ज्ञवाली र अतिरिक्त क्रियाकलाप संयोजक बालकृष्ण घिमिरेले शुभकामना दिदै यस्ता कार्यक्रमले विद्यार्थीलाई चार्ड पर्वको महत्त्व सिकाउने बताउनुभयो । विद्यार्थीहरुलाई टीका जमरा र दक्षिणा सहित शुभकामना प्रदान गरिएको थियो । शिक्षकहरुले पनि एक आपसमा शुभकामना आदान प्रदान गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका प्राचार्य लेखनाथ गैरेको अध्यक्षता , विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज पोखरेलको प्रमुख आतिथ्यता एवम सम्पुर्ण शिक्षकहरुको आतिथ्यतामा भएको थियो भने शिक्षक संयोजक ओमप्रकाश अर्यालको सञ्चालनमा विद्यालय प्राङ्गढमा कार्यक्रम सम्पन्न भएको हो ।