रुपन्देही २ को अन्तिम नामावली प्रकाशन

बुटवल । रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह प्रदान गरेको छ।

आयोगको प्रतिनिधि सभा निर्वाचन रुपन्देही क्षेत्र नं २ निर्वाचन कार्यालयले सुचना जारी गर्दै प्रतिनिधी सभा र प्रदेशसभाका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेको जनाएको छ।

आयोगले रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनको लागि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ बमोजिम उम्मेदवारको अन्तिम नामावलीमा कायम रहेका उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ।

उक्त निर्वाचन क्षेत्रको प्रतिनिधीसभा तर्फ १८ जनाले मनोनयन दर्ता गरेकोमा ३ जनाको योग्यता नपुगी खारेज भएको र बांकी रहेका १५ जनालाई चुनाव चिन्ह प्रदान गरेको जनाएको छ।

यसैगरी प्रदेशसभा तर्फ प्रदेशसभा क्षेत्र नं २ क तर्फ १२ जना क्षेत्र नं ख मा ११ जनाले मनोनयन दाखिला गरेकोमा सबैलाई निर्वाचन चिन्ह प्रदान गरेको निर्वाचन कार्यालयले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation