बुद्दिशागर बेल्बासे
बाणगंगा–१, उत्तमन्नगर कपिलवस्तु
बाँचुन्जेल भुसुनो नमान्ने मरेपछी श्रद्धाञ्जली दिन तंछाड मछाड गर्ने हामी स्वार्थी ले गरेको कामनाले मृतक आत्माले शान्ति पाउला नपाउला कमसेकम भोलिको चिन्ता बोध गरौ । गत बैशाख २९ सम्म सबै दलका चुनावी घोषणा पत्रमा छाडा पशु चौपाया ब्यबस्थापन र कोइली खोलाको कज्वेलाइ पुलमा रुपान्तरण गर्ने नारालाई प्रमुख एजेन्डाको रुपमा प्रस्तुत गरेको जनजाहेर ताजै छ।
मंसिर ४ को चुनावी संघारमा रहेको यो समयमा सबै दलका घोषणा पत्रमा त्यही नाराले निरन्तरता पाउनेमा शंका मान्नै परेन। बिना दानापानी उहाँहरुको दाम्लोमा बांधिएका आत्मनिर्भर र परनिर्भर दुबै थरी हामी भेंडा सबै दलका गोठालाहरुलाइ शुभकामना , बधाइ र श्रद्धाञ्जली दिनमै प्रतिस्पर्धा गरिरहौं। हाम्रा रौ जतिपटक पलाए पनि खुइलाउने ,भ्या भ्या गरे मटन करि बनाएर खान मन लाए खाने, बेच्न मन लाए बेच्न सम्मकै डिजाइन प्रदान गरि कतिदिन बांच्ने हो हामी। दूध लाई दूध पानीलाई पानी भन्न पाउने स्वतन्त्रताका लागि लडाइँको सफलता पछिको चेतनास्तर समय सापेक्ष हुनै सकेन।
जुनसुकै राजनैतिक आस्था बाट बिजय हासिल गरेपनी सम्बन्धित पदमा पुगेपछी उहाँहरु सबैको साझा हो । तसर्थ हरेक गुनासालाइ सुन्ने सुनाउने सामार्थ्य र प्राथमिकताका आधारमा क्रमशः कार्यसम्पन्न गर्दै बुज्ने बुझाउनेमा हामी चुकिरहेका छौ।आखिर कस्लाइ छैन होला असल,राम्रो,वा वा भएर संसारमा जीवनको फरक परिचय बनाउने रहर। त्यो जोसिलो उमेरमा सेवाभाव को उदेश्य सहित विभिन्न क्रियाकलाप मा सक्रियता पुर्वक लागेका रमेश केसीको घर परिवार, आफन्त ,शुभचिन्तक र चिर परिचीत शुभेच्छुकका निम्ति मृत्यु पर्यन्त भएको उपस्थिति, ओढाइएको झन्डा, सलामी र सहानुभूतिले उहाँको आत्माको चिर शान्तिको कामना गरेर मात्रै उहाँको आत्मा बैकुण्ठमा बास अबस्य हुने छैन। मृत्यु पर्यन्त श्रद्धाञ्जलीको ओइरो हुनु स्वाभाविक हो कम्सेकम कारण खुलाउने हिम्मत त राखौ।
यदि यो करिब पांच महिना बितिसक्दा छाडा पशु चौपायाको ब्यबस्थापन हुन्थ्यो भने रमेश जि को दुर्घटना र देवहासन हुन्थ्यो होला र ? आस्थिक को भाव आफ्ना परिबारको आगन, काख र साथ छाडेर उहाँको लेखा एउटा् गाई आफू संगै उहाँलाई समेत खुल्ला आकाश मुनि यश क्षेत्र को प्रतिनिधि पात्र दर्दनाक पिंडादायि घटनाको परिचय छाडेको छ। अंघिल्लो कार्यकालका नगर नायक ज्युहरु संग लामो समयदेखी छाडा गौनन्दी नियन्त्रणका विभिन्न खाका सहित स्वरोजगारका योजना पेस गरेर असफलताले नैरास्य मेरो कहानिमा केहिदिन अगाडि मात्रै धार्मिक युवा संगठनले हामी गर्छौ भन्ने भनाइ र नगर प्रमुखले असौज मसान्तसम्म नियन्त्रण गर्छौ भन्ने सामाजिक संजालका पोस्ट र क्रियाकलापले मन हर्सित भै सहयोगका योजना बन्दै थिए।
पुन अवरोधको खबर आंउदै गर्दा लाज र आक्रोश ले समालिनु बाहेक अरु भएन। यदि ती युवाहरुको जोस र जांगरलाई राज्यले टेवा पुराएको भए संभवत यो पछिल्लो दुखद घटनाले स्थान अवस्य पाउने थिएन। कति छाडा चौपाया र मानिसका प्राण गए, कति घाइते भए, कति अपांग छन। कतिका सवारी साधन क्षतबिक्षत छन, कति बाली नालिको नुक्सान छ, को कहाँ को यात्राको यात्री कति दुख भोग्नु परेको छ त्यसको ठोंस प्रमाण केही मुल्यांकन भएको छैन। तथापि चिर निद्रामा निदाएको गाउँ गाउँको शिंहदरवार को निद खुलेर यत्रतत्र छरिएका सबै छाडा पशु चौपायाको नियन्त्रण गरि तत्काल दीर्घकालीन ब्यबस्थापनमा लाग्ने लगाउने नगर्ने हो भने धेरै आत्माका श्रापले नैतिक रुपमा ओहदामा रहिरहने अवसर अवस्य गुमाइदिने छन।
शब्दमा कामना गरेर हुन्छ भने मृत आत्माको चिरशान्तिका साथ सदैब बैकुण्ठमा वास भैरहोस। सम्पूर्ण घर परिबार, आफन्त, शुभचिन्तक र शुभेच्छुकहरुलाइ यो शोकको घडिमा धैर धारण गरि शोकलाई शक्तिको रुपमा परिणत गर्ने अदभूत क्षमता परमात्माले प्रदान गरून्। आखिर हामी धेरै आआफ्ना पेशा ब्यबसायमा संग्लग्न रहि घाटा नाफा जे भएपनी नियम संगत राज्य संचालनमा सहयोग पुराइराखे पनि हाम्रो खेत जोत्न, मीठो मसिनो दुई छाक खान, घर पोत्न राज्यको सहयोग मागेका छैनौ।प्रारथमिकताका आधारमा हरेक क्षेत्रका जनतालाइ बुझाएर सामाजिक बिकासमा स्वतस्फूर्त राज्यको ध्यान जावस । यस्ता अकल्पनीय घटनाले कोहि दुखी र दुर्गन्धित हुन नपरोस । जय बाणगंगा ।