![](http://upakaronline.com/wp-content/uploads/2022/10/accid1665847802-1-670x420.jpg)
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।
उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो।
माइधार(भालुखोला सडकखण्डको किरात चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।