उपकार अनलाइन, कपिलवस्तु ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागी मतदाताको घर–घरमा पुगेका क्षेत्र नम्बर १ को (क) का बाम गठबन्धन प्रदेश सभा सदस्यका साझा उम्मेदवार डोलक राम घिमिरेलाई जनताले जितको शुभकामना दिएका छन् । यस क्षेत्रमा लामो समयदेखि आफुले बनाएको सरल, भद्रता ,निस्कलंकित परिचय र बाम गठबन्धनको उत्साहले चुनाबी मैदानमा बिजय सुनिश्चित बन्दै गएको भन्दै घिमिरेलाई आर्सिवाद दिएका छन् ।
बाम गठबन्धन को प्रतिनिधि सभा १ का उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र काङ्ग्रेस को तर्फबाट प्रदेस सदस्य को प्रत्यक्ष तथा प्रदेश कै समानुपातिक उम्मेदवार चुनिनुभएका निस्कलंकित,निस्ठाबान एबम सादगी शिल स्वाभावका जनपृय नेता डोलकराम घिमिरे र राजेश आचार्य बाणगङ्गा नगरको वार्ड नम्बर १ को चुनाबी घरदैलो अभियान मा धेरै का आशीर्वाद ग्रहण गर्नुभएको छ। बिभिन्न स्थानमा कोण सभालाइ सम्बोधन गर्दै घिमिरेले र आचार्यले आफुले जनताका हरेक सुख दुखमा सहजीकरण गर्दै आएको र राष्ट्रिय आवस्यकता अनुरुपको बाम लोकतान्त्रिक गठबन्धन भएकोले यश क्षेत्रका सबै नेता कार्यकर्ता एबम मतदाताहरुले अत्याधिक मत सहित जिताउनेमा आफू बिश्वस्त रहेको बताउनुभएको थियो।आफू सदैव सबैको घर आगन मै रहिरहेको यश क्षेत्रमा बढदो लागुऔसत दुर्वेशनी नियन्त्रण गर्दै कृषि, शिक्षा ,स्वास्थ्य र भौतिक तथा सामाजिक बिकासलाइ प्रारथमिकताका आधारमा जनता सामु देखाएर यश क्षेत्रको आमूल परिवर्तन गरि जनताको भोटको मर्यादा राख्ने बताउनु भएको छ।
त्यस्तै प्रतिनिधि सभा सदस्यका प्रत्यासी खनालले केन्द्र बाट आफू संसद तथा मन्त्री रहिरंदा समग्र देस संगै कपिलवस्तुको हरेक क्षेत्रको बिकासलाइ बिनियोजित रकम र बिकासको फोटो खिचाउन आफू उपस्थित हुन सकिन,विभिन्न सामाजिक सन्जाल र समाचारका माध्यम बाट त्यसैको जस अरुले लिएर स्थान सुरक्षित हुन्छ भनेर अगाडी आएको बताउनुभएको थियो। राष्ट्रिय स्तरमै सत प्रतिसत बहुमत ल्याउन हरेक क्षेतका मतदातालाइ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई यो पटक दुई तिहाइ बहुमत दिन आग्रह समेत गर्नुभएको थियो। मंगलवार बिहान ८ः३० मा बैरिया देखिशुरु भएको घरदैलोमा धेरैजसोका घरमै पुगेर धेरै आशिर्वाद लिंदै देशको समृद्धि र संविधानको रक्षार्थ बाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको थियो।