उपकार अनलाइन, कपिलवस्तु ।
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा शान्ति र बिकासका लागि विश्व बिज्ञान दिवसको अवसर मा बृहत् अन्तरक्रिया कार्यक्रम गरेको छ। कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रम जिल्ला शाखाका सभापति माधब घिमिरे को सभापतित्व,केन्द्रीय सदस्य दिलिप कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा बिस्व शान्ति ,राजनैनिक ,सामाजिक ,शैक्षिक र भौतिक बिकास र आधुनिकता मा बिज्ञानको महत्व बारे भुवनेश्वर न्यौपाने (भुवन) कृष्ण प्रसाद भट्टराई ,सीता मल्ल,दिलिप कार्की लगायतले आआफ्ना बिचार राख्नुभएको थियो।
सोही कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले थप ४ जना जिल्ला कार्यसमिति सदस्यमा मनोनयन समेत गरेको जानकारी संस्थाका जिल्ला सचीव बुद्दिशागर बेल्बासेले जानकारी गराएका छ्न। मनोनीत सदस्यहरुमा आजिवन सदस्य भुवनेस्वर न्यौपाने ,चन्द्रकला बर्तौला,दुर्गा प्रसाद अधिकारी र जिवलाल पन्थी हुनुन्छ भने आगामी पुर्ण बैठक बाट जिल्लाका सबै पालिका क्षेत्र समेटि आजिवन सदस्य ,साधारण सदस्य बिस्तार संगै सल्लाहकार समिति र विभिन्न बिभागिय संयोजक तोकेर जिल्लामा मानवअधिकारका विषय मा रचनात्मक कार्यक्रम गर्दै अगाडि बढने योजना रहेको जिल्ला सभापति माधब घिमिरेले जानकारी गराउनु भएको छ। यहि कार्तिक ६ गते भएको साधारणसभा बाट निर्वाचित सबै टिमले स्थापनाकालदेखि हालसम्म सहयोग ,सल्लाह र सुझावका साथ हामिलाइ निर्वाचित गराइ जिम्मेवारी सुम्पने पुर्व जिल्ला कार्यसमिति ,सल्लाहकार समिती,केन्द्रिय संस्थापक तथा बर्तमान सम्मका अग्रज तथा केन्द्रिय सदस्य र पर्यवेक्षक ,निर्वाचन मन्डल, सन्चारकर्मी लगायत प्रत्यक्ष र अप्रत्यक्ष सहयोग सहानुभूति राख्ने सबै प्रति विशेष धन्यवाद समेत ज्ञापन गरिएको थियो। कार्यक्रमको संचालन जिल्ला सचिब बुद्दिशागर बेल्बासेले गरेका थिए।