मेयरमा पराजित गुप्ता रूपन्देही ५ (ख) प्रदेशसभा सदस्यमा निर्वाचित

उपकार अनलाइन, सैनामैना ।
रूपन्देही क्षेत्र नम्बर ५ ख मा जनमत पार्टीका चन्द्रकेश (सिके) गुप्ता विजयी भएका छन्। गत स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा पराजित गुप्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

गुप्ताले नेपाली कांग्रेसका नेता एवं यसअघिका प्रदेशसभा सदस्य फकरुउद्दिन खाँनलाई पराजित गरेका हुन्। गुप्ताले १२ हजार ९४१ मत पाएर विजयी हुँदा खाँनले ११ हजार ६५१ मत पाएका छन्। यद्यपि निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन।

खाँन यसअघि लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका मुख्य सचेतक थिए। यो क्षेत्रबाट २०७४ को स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार बनेर पराजित भएपछि प्रदेश सभामा उम्मेदवार बनेर कांग्रेसका खाँन निर्वाचित भएका थिए।

संयोग नै मान्नुपर्छ यसपटक गुप्ता पनि मेयरमा पराजित भएर प्रदेश सभामा उम्मेदवार बनेपछि निर्वाचित भएका छन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation