कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलको अगुवाइमा दुई बर्ष देखि अलपत्र तौलिहवाको कृषि बैक – महिता बाटो निर्माणको काम अघि बढेको छ । शहरी बिकास मन्त्रालयमा डेलीगेशन दिदा शहरी विकास मन्त्री मेटमणि चौधरीद्धारा तत्कालै बाटो निर्माणको काम अघि बढाउन निर्देशन दिए सङ्गै अब उक्त अलपत्र परेको बाटो निर्माणको काम अघि बढ्ने भएको हो ।
यहि मंसिर अन्तिम साताबाट काम अघि बढाउने निर्णय भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे वडा नम्बर १ का वडा अध्यक्ष जाहिद खाँ, नेकपा एकसी नेतृत्व गीता अन्जान लगायतको संयुक्त् पहलमा उक्त कयए अघि बढेको हो ।