निर्माण व्यवसायीसंघ तौलिहवाद्वारा मस्जिदमा खाध्यान्न वितरण

कपिलवस्तु । पुर्वाधार विकास राष्ट्र निर्माणको अधार बनौ सर्व पक्ष जिम्मेवार भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम अन्तर्गत १५ औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सुन्नत नैमुल वोलुम मस्जिदमा आध्यन्न वितरण गरिएको छ । कपिलवस्तुको तौलिहवा स्थित सुन्नत नैमुल वोलुम मस्जिदमा पढिरहेका १५५ जना छात्र छात्राहरुलाई रु १५००० जतिको खाध्यान्न बितरण गरिएको हो ।

जसमा चामल सभा मसुरी १ क्विन्टल, दाल २५ किलो, तेल ५ लिटर, मसला १० पाकेट नुन, १० पाकेट बराबर को समान उक्त मस्जिदका पेश इमाम हजरत मौलाना अलि हसन निजामीलाई निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवाका अध्यक्ष सरोज अर्यालद्वारा हस्तान्तरण गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमाल, समाजसेवी रबि ठाकुर नेपाली कांग्रेसका नगर सभापति खुर्सेद अहमद खाँ, नेपाली कांग्रेसका राजेश ग्यावाली, निर्माण व्यवसायी संघ कपिलवस्तु का पुर्व अध्यक्ष गुन्जन गुप्ता कपिलवस्तु नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अशोक गुप्ता, कपिलवस्तु नगरपालिका वडा १० का वडा अध्यक्ष सन्दिप पाण्डेय, जसपा नेपाल पार्टी कपिलवस्तु का सह सचिव इरफान खान, नेकपा एमालेका अजाद दर्जी मदरसा अहले सुन्नतका कार्य समितिका सह सचिव जियाउल हक मनिहार, सदस्य इबरार खाँ तथा खान बाबा निजामी लगायतका उपस्थित रहेको थियो ।

लुम्बिनी प्रदेश उपमहासचिव दिनेश हमालले निर्माणधिन मस्जिद तौलिहवालाई स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूलाई मस्जिद निर्माणका लागि सहयोग गर्न अपिल समेत गर्नुभएको छ । यसमा गरिब असहाय बालबालिकाहरुले पढीरहेकोले गर्दा सम्पुर्ण संघ संस्थाले हेसलाइ न हेरी सबै तिर सहयोग गरिरहेकोले गर्दा सम्पुर्ण संघ संस्थालाई यस मस्जिद निर्माणमा आफु ब्यक्तिगत सहयोग गर्ने र सम्पुर्णमा सहयोग गर्न अनुरोध समेत गरेका छन ।

त्यस्तै समाजसेवी रबि ठाकुरकाले यस मदरसालाई सबैले सहयोग गरी यसको निर्माण मा सहयोग गर्न सम्पुर्णमा अपिल गर्दै सबै जनाले बाल गृहमा रहेका बालबालिकालाई मात्र हेर्ने गरेकाले यस मदरसामा अध्ययनरत बाल बालिकालाई नगरेकोले गर्दा आज निर्माण व्यवसायी संघ कपिलवस्तु तौलिहवाले सानो सहयोग सहि शुरुवात गरेकाले सम्पुर्ण तौलिहवावासी लगायत कपिलवस्तु तथा नेपाल अधिराज्य भरीका सम्पुर्णमा मस्जिद निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गरी पुन्य कमाउने र मुस्लिम धर्मावलम्बीहरुका लागि इबादत गर्ने ठाउँ बनाउन सबैमा अनुरोध गर्नुभएको छ । त्यस्तै गरि मदरसा अहले सुन्नत नैमुल वोलुम मस्जिद तौलिहवाका कार्य समितिका सह सचिव जियाउल हक मनिहारले जुन यो मस्जिद निर्माण हुन लागेकोले गर्दा आ –आफ्नो तर्फबाट सक्दो सहयोग गरी मस्जिद निर्माणमा सहयोग गर्न सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूमा अनुरोध गरेका छन ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation