कपिलवस्तु । नेकपा एमालेले समानुपातिक सांसदहरुको सूची टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले सूची टुंगो लगाएको हो।
प्रतिनिधि सभातर्फ उसले ३४ सिट पाएको छ। उसले महिला २२ जना र पुरुष १२ जना चयन गरेको छ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारु, कर्मठ, इमानदार, नेता सिराज अहमद खान ९फारूकी० लाई नेकपा एमालेले प्रतिनिधि सभामा समानुपातिकका लागि उहाँको नाम समेत आज मुस्लिम तर्फबाट सिफारिस गरेको छ।
नेकपा एमाले को गाउँ कमिटी देखि लिएर इलाका कमिटी हुँदै जिल्ला कमिटी लगायत प्रायु सङ्घका केन्द्रीय कमिटी सदस्य समेत रहेका फारूकी करिब दुई दशक भन्दा माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि पूर्ण कालिन निरन्तरता दिँदै आएका उहाँका समर्थकले बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष रहेका सिराज अहमद खान९फारूकी० पार्टीका तर्फबाट उक्त सङ्गठनको इन्चार्ज समेत रहेका छन् । साथै उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेका छन् ।
खानले बताएकी आफू नेकपा एमाले पार्टी प्रति समर्पित रहेको बताउँदै समानुपातिक बाट प्रतिनिधि सभा सदस्य बनाएकोमा विकासका गतिविधि अगाडि बढाउने तथा जनताको हितको काम सधैँ गर्दै आएको र गर्दै जाने बताए । साथै नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी ओली प्रधानमन्त्री बने देशको विकास हुने बताए।