काठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन र अन्य आम्दानी गर्दा ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ ।
यस अनुसार सरकारको हिसाब–किताब ८९ अर्ब रुपैयाँ घाटामा चलिरहेको छ । यसले आगामी दिनमा सरकारलाई स्रोत जुटाउन हम्मेहम्मे पर्ने देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंसिर मसान्तसम्म सरकारले लक्ष्यको २३।३ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ । अन्य खर्च भने लक्ष्यको २४।२६ प्रतिशत भएको छ । यस हिसाबमा सरकारले लिने आन्तरिक तथा बाह्य ऋण भने गणना हुँदैन ।
राजस्वले चालु खर्च समेत धान्न छाड्यो
यस वर्ष पहिलो ५ महिनाको तथ्यांक अनुसार राजस्व संकलनबाट चालु खर्च नै धान्न नसक्ने अवस्था आएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले कर र गैर कर राजस्वबाट मंसिर मसान्तसम्म ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको छ ।
समीक्षा अवधिमा चालु खर्च मात्रै ३ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ रहेको छ । यसको मतलब सरकारले चालु प्रकृतिको खर्च धान्न समेत अब राजस्व अपुग भएको छ । चालु प्रकृतिको खर्च भित्र प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण समेत गणना हुन्छ ।
सरकारको आम्दानी
कर राजस्व : ३ खर्ब १ अर्ब
गैरकर राजस्व : २५ अर्ब
अनुदान : ३ अर्ब ४१ करोड
अन्य आम्दानी : २७ अर्ब ५२ करोड
सरकारको खर्च
चालु : ३ खर्ब ३५ अर्ब
पूँजीगत : ३३ अर्ब ९९ करोड
वित्तीय व्यवस्था : ४६ अर्ब ९६ करोड
ह्वात्तै बढ्यो चालु खर्च
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पहिलो ५ महिनामा गत आव २०७८र७९ को तुलनामा चालु खर्च ह्वात्तै बढेको छ । तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनामा चालु खर्च ३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ ।
गत आवको यसै अवधिमा चालु खर्च ३ खर्ब १७ अर्ब रुपैयाँ थियो । यो यस वर्ष चालु खर्च ३७ अर्ब बढी छ । यसो हुनुमा प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन मुख्य कारण रहेको अर्थ मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका एक अधिकारीका अनुसार निर्वाचनको प्रयोजनमा मात्र यस वर्ष २० अर्ब रुपैयाँभन्दा बढी थप निकासा भएको छ । जसले चालु खर्च बढाउन भूमिका खेलेको हो । यस आवमा सरकारले ११ खर्ब ८३ अर्ब २३ करोड रुपैयाँ चालु खर्चको लक्ष्य लिएको छ ।
पूँजीगत खर्चको लय भने पुरानै
चालु प्रकृतिको खर्च बढ्दा पुँजीगत खर्चको लय भने पुरानै ढर्रामा देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस वर्ष पाँच महिना पुरा हुँदासम्म पूँजीगत खर्च मात्र ३३ अर्ब ९९ करोड रुपैयाँ भएको छ । यो कुल लक्ष्यको ८।९४ प्रतिशत हो । सामान्यतया पहिलो चौमासिकलाई मन्त्रालयहरुले बजेट कार्यान्वयनको तयारीका चरणका रुपमा मात्र लिने गरेका छन् । जसले गर्दा पुँजीगत खर्चले गति लिन सक्दैन ।
यस वर्ष समेत सोही प्रवृत्तिका कारण खर्च कम भएको मन्त्रालयको विश्लेषण छ । यस वर्ष निर्वाचनको तयारीका कारण समेत धेरैजसो मन्त्रालयले विकासे कार्यक्रमलाई गति दिएका छैनन् । सरकारले यस वर्ष ३ खर्ब ८० अर्ब रुपैयाँ पुँजीगत खर्चको लक्ष्य लिएको छ ।
राजस्व संकलन लक्ष्यभन्दा धेरै कम
सरकारले चालु आवमा कुल १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर, पाचौं महिनासम्म संकलन भने मात्र ३ खर्ब २६ अर्ब रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको २३।३ प्रतिशत हो । सरकारले पाँच महिना भित्र ५ खर्ब भन्दा माथि राजस्व उठ्ने लक्ष्य लिएको थियो । तर, लक्ष्य भन्दा धेरै कम मात्र राजस्व उठेको छ ।
यसवर्ष सरकारले विलासिताका सामानको आयातमा रोक लगाएको छ । यस्तो रोक हालै मात्र खोल्ने निर्णय भएको छ । भन्सार मात्र नभएर आन्तरिक राजस्व समेत खुम्चिएको छ ।
सामान्यतया आन्तरिक राजस्व खुम्चिनुलाई विज्ञहरु अर्थतन्त्रमा आएको संकचुन मान्ने गर्छन् । सरकारले हरेक वर्ष २० प्रतिशत भन्दा बढी राजस्व उठाउने गरी लक्ष्य तोकेको छ । तर, गत आवको समीक्षा अवधिको तुलनामा यस वर्ष राजस्व संकलन २२ प्रतिशत हाराहारी कम उठेको छ ।