रुपन्देहीका सामुदायिक विद्यालयले मुलुकको शैक्षिक नेतृत्व लिन सक्छन : पौडेल

बुटवल । रुपन्देहीका सामुदायिक विद्यालयहरुले आफ्नो शैक्षिक कार्यक्रमहरुलाई देशकै उत्कृष्ट नमुना प्रस्तुत गरेको पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् ।

गरिरहेकोमा खुसि व्यक्त गर्दै आगामी दिनहरुमा देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गर्दै लगेको बताए । कान्ति माध्यमिक विद्यालय बुटवलको ६९ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस २०७९ को अवसरमा बोल्दै पौडेलले देशको शैक्षिक गतिविधिमा नेतृत्व लिन सक्ने क्षमता विकास गरेको भन्दै खुशी व्यक्त गरे।

रुपन्देहीमा सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास , विकास तथा सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रुपन्देहीको बुटवलमा रहेर मुलुकका २५ जिल्लाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिएको यस कान्ति माध्यमिक विद्यालयले आगामी दिनहरुमा प्राविधिक धारका विषयहरुको पठन पाठनलाई ध्यान दिदै बढ्दै गएको शैक्षिक बेरोजगारी कम गर्नका लागि अगाडि बढ्नु पर्ने यसका लागि आफुहरु सधैं तयार रहेको कुरा कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवलका सामुदायिक विद्यालयहरुलाई अन्तरास्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने सस्थाका रुपमा विकास गर्दै लैजाने ध्येयका उप महानगरपालिकाले कार्यक्रम गरिरहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्राचार्यहरु , रुपन्देही जिल्लामा सक्रिय रहेका सम्पूर्ण राजनैतिक दलका प्रतिनिधि, विभिन्न क्षेत्रका समाजसेवी , अभिभावकहरु, विद्यार्थीहरुको सहभागीता रहेको

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation