कपिलवस्तुको रामघाट पुल नजिकै एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको रामघाट पुल नजिकै एक जना पुरुषको शव फेला परेको छ। आइतबार बिहान पुलको २० मिटर पश्चिम नदी किनारमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माको शव फेला परेको हो।

वडा प्रहरी कार्यालय तौलिहवा अनुसार बर्मा पारिवारिक मनमुटाबका कारण गत पुस ६ गते देखि सम्पर्क विहीन बनेका थिए। बहुविवाह मुद्दामा जेल सजाय काटेर आएका उनी पारिवारिक कलहका कारण तनावमा थिए।

बर्माले रामघाट पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए। बर्माले प्रयोग गर्ने मोबाइल र पुलमा जुत्ताको निशान समेत भेटिएको प्रहरीले जनाएको छ। बर्माको शवलाई पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल लगिएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation