काठमाण्डाै । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेकाे छ । यही पुस ११ गते बसेकाे बैठकले एक हप्ताअघि नै चलचित्र सेन्सर गर्नुपर्ने नियम संशोधन गर्दै अब चार दिनअघि दरखास्त पेस गर्नुपर्ने गरी निर्णय गरेकाे हाे ।
यसैगरी बैठकले बेलुकी ११ बजेपछि चलचित्र प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसबारेमा प्रदर्शन गर्नुअघि नै बोर्डलाई जानकारी गराउनुपर्नेसमेत निर्णय गरेको छ । यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृति लिइ चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।
यस्ताे छ सूचना
१२ पौष २०७९, काठमाडौँ ।
चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी बोर्डको मिति २०७९ पौष ११ मा बसेको बैठकबाट संशोधन गरिएको छ ।
यसैगरी, सोहि बैठकबाट बेलुकी ११ बजे पछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्विकृती लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।
साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको छ ।