दाङमा एक युवक मृत अवस्थामा फेला

लमही । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका-१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा  मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।​

सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय नखुलेका हेर्दा मधेशी मूलको जस्तो देखिने करिब २० वर्षका ती युवक  मृत अवस्थामा फेला परेको प्रहरी जनाएको छ।

त्यसैगरी उनको शव  पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ। ती युवकको सनाखत हुन नसकेकाले चिन्ने व्यक्तिलाई इप्रका गढवामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation