![](http://upakaronline.com/wp-content/uploads/2022/12/lumbini-mukhyamantri_YVuxHmv9w7.jpg-670x420.jpg)
दाङ । लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । पुस १५ गते सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना थियो। तर, अन्य प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएकाले यसपालिको सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको पाँच वर्षे कार्यकालको समीक्षा र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्ने तयारी थियो । स्थायी राजधानी देउखुरी भ्रमण गराउने उद्देश्य भए पनि अब आउने नयाँ मुख्यमन्त्रीहरु सहभागी हुने गरी सम्मेलन गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।