
कपिलस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा सामाजिक कार्य गर्ने उद्देश्यले जनसेवा संगठन गठन भएको छ । सत्यम उपाध्यायको अध्यक्षता र स्नेहा चौधरीको उपाध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । कपिलवस्तुको तौलिहवामा आज करिब तिस जना किशोर किशोरीहरुको उपस्थितीमा उक्त संगठन गठन भएको हो
कार्यक्रममा बोल्दै संगठनका संस्थापक अध्यक्ष अमृत गिरीले जिल्लामा सामाजिक कार्य गर्ने भन्दै कायैँ संगठनहरु निर्माण भएपनि प्रभावकारी कार्य गर्न नसकेको भन्दै अब जनसेवा सगंठनले सक्रिय रुपमा सामाजिक कार्यलाई अघि बढाउने बताउनु भएको थियो । स्थानिय सरकारले सामाजिक कार्यमा कुनै पहल नगरेकोले आफुहरुले यस्तो संगठन खोल्नुपरेको उहाँले बताउनु भएको छ ।