लघुकथा: आहा ! कस्तो मिठो सपना

उपकार अनलाइन, रुपन्देही ।
रातको मिठो निद्रामा परेको थिए म सायद त्यो मिठो निद्राको स्वाद बिपनिमा कहिले भएको थिएन मलाई ।

ओछ्यानमा परि सुतिरहेको थिए यसैपनि आधा रात सम्म निद्रा पनि लागेको थिएन ओल्टाङ पोल्टाङ्ग गर्दै केही कुराहरूलाई सोच्दै थिए सायद खै त्यसै समयमा निदाउन पुगेछु।

कुन बेला निद्रामा परेछु थाहै भएन उस्तै सोच त्यस्तै कल्पना गर्दै सुतिरहेको थिए सायद त्यो सपना मेरो साचो भएको भए खै म के बन्थे र के नै भै सक्थे होला आहा कस्तो मिठो सपना देख्न पुगेको मैले हरेक पलभरमा अझैपनि त्यहीँ सपनाको कल्पना नै गरिरहन्छु।

सायद मेरो भाग्यमा सपनामा मात्र सिमित होला बिपनिमा त केही गर्न सक्ने भएन तर मीठो निद्राको स्वादमा भएपनी रमाएको रहेछु म।

जुन मैले त्यो कुरालाई बिपनिमा पूरा गर्न सकिरहेको थिएन सपनिमा भएपनी पूरा गर्न पाउँदा ज्यादै नै खुसी भएको छु हुन त सपना त सपना हो कसरी पो बिपनिमा पूरा हुन सक्छ तर पनि त्यो सपनामा भएपनी मैले जिन्दगीको खुसियालीको महसुस गर्न सके।

यसो सपनाको मिठो निन्द्रा अनि त्यो बिपना को सोचाईलाई परि कल्पना गर्दा त ज्यादै खुसी नै भएको जस्तो लाग्थ्यो।
तर होइन रहेछ आखिर सपनिमा मात्र पो खुसी भएको रहेछु म थुक्क जिन्दगी ।

यो जिन्दगीलाई पनि कति दोषी देखाउने खै मैले जुन समयमा पनि जिन्दगीलाई नै नानाथरी भनेर आखिर के नै भयो र खै आखिर भगवानले त भन्छन् रे तिमीले आट मात्र सबै म पूरा गरिदिन्छु ।

तर त्यो पनि कहिले हुन सकेन कति पटक सम्म यो नानाथरीका पोष्टर ढुङ्गालाई पुजौ र आखिर पुजेर पनि के नै भयो र खै अहिले सम्म मलाई यो भन्दा केही समय अगाडि धेरै मत मन्दिरमा गएर हरेक प्रकारका मुर्तिलाई पुजा गरे खै आखिर मलाई के नै दिएका छन् त यो भगवानले पनि खाली दुखै दुख र यादनाहरु मात्र दिएका छन् ।

कहिले समाजको तिरस्कार दिएका छन् त कहिले आँखामा आँसु छल्किएका छन् आखिर जुन काम पनि गर्न खोज्छु त्यहीँ काम कहिले पूरा हुँन सकेन जीवनमा संघर्ष त धेरै पटक गरेको छु तर यहीँ जिन्दगीले केही समयको लागि भएपनी आरम्भ पाउछ कि भनी तर कहिले पनि हुन सकेन के जीवन मेरो यस्तैमा नै रहने नै हो त के म कहिले पनि यो जीवनमा कहि बाट सफल हुन सक्दैन र मैले चाहेका कुरा कहिले पूरा नहुने त हो खाली मीठो सपनिको स्वादमा निदाएर मात्र के हुदोरहेछ र है? आखिर हामी गरिव त खालि मिठो निद्राको स्वादमा निदाउन बाहेक अरु नै के गर्न सकिदो रहेछ है ।।

यस्तैमा भन्छौ निन्द्राबाट बिउँझेको केही समय पछि आहा कस्तो मिठो सपना देखे ।।

श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल भारत

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation