
उपकार अनलाइन, रुपन्देही ।
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ८ खुसार्नेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । दर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका ६ जना महिलाको ज्यान गएको हो । दर्घटनामा रैनादेवी गाउपालिका ८ कि वर्ष ३६ कि निर्मला घिमिरे, उनकी ११ वर्षकी छोरी सुरुमाया घिमिरे, वर्ष ५४ कि खीमकुमारी राना, वर्ष ४० कि गुना कुमारी गाहा, वर्ष २१ कि दान कुमारी खत्री र वर्ष १९ कि विमा पाण्डे ज्यान गएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
मृतक मध्ये एकजानको भने परिचय खुल्न सकेको छैन । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाईते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल सालझण्डी ढोरपाटन सडकखण्ड अन्तरगत रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।