
बुटवल । बुटवलमा एक पुरुषको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । बुटवल १३ का ६० वर्षीय यमबहादुर नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी तथा दोषीहरुलाई पक्राउ गरि थप अनुसन्धान अघि बढेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । गाउँमा छलफलका लागि बोलाउँदा नआएको भन्दै युवाहरुको एक समुह घरमै गएर आक्रमण गरेको स्थानीयले बताएका छन् ।
आक्रमणपछि घाइते भएका उनलाई उपचार लागि अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको एक स्थानीयले बताए ।