![](http://upakaronline.com/wp-content/uploads/2023/01/congress_meeting_1_yM7bKInwB3-670x420.jpeg)
काठमाण्डाै । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री प्रचण्डले कम्तीमा दुई सय ६९ सांसदको समर्थन पाउने हुने भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस बिहानैदेखि छलफलमा थियो ।
बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले केहीबेरपछि बस्ने संसद् बैठकमा विश्वासको मत लिनु हुनेछ ।
यस्तै कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सारिएको थियो ।