![](http://upakaronline.com/wp-content/uploads/2023/01/thumb-670x420.jpeg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले ुडेमोक्रेसीुको नयाँ भाष्य बनाएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णयप्रति व्यंग्य गर्दै ओलीले देउवालाई डेमोक्रेसीको नयाँ भाष्य बनाएको बताएका हुन् । उनले यस क्रममा विश्वासको मत दिएकोमा कांग्रेसलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने छन् ।
ओलीले भने कांग्रेसले पनि विश्वासको मत दिएपछि संसद्मा अब प्रतिपक्षी नै नरहेको बताएका थिए । यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको प्रतिबद्धता स्वागतयोग्य भएको बताएका छन् ।