लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस

रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै ७ दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले दलहरूलाई बुधबार ४ बजेभित्रै सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

एमाले संसदीय दलका नेतासमेत रहेका गिरीलाई बुधबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज रहेका गिरी पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री पनि हुन् ।
गिरीलाई मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसहित ५८ जनाको समर्थन छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation