विभिन्न कार्यक्रम गरि मनाइयो राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगङ्गा नगर कमिटिको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राप्रपा बाणगंगा नगर अध्यक्ष गिरिराज कणेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका जिल्ला नेता राजेन्द्र बिक्रम शाह, भोजराज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेस सदस्य कमल पोख्रेल, एकीकृत समाजवादिको तर्फबाट दिपक पन्थी लगायत विभिन्न राजनैतिक दल, संघ संस्था, संचारकर्मी, सुरक्षा निकाय र आम नागरिकको उपस्थिति रहेको थियो ।

चार नम्बर चोकमा आयोजना भएको कार्यक्रममा बुद्दिशागर बेल्बासेले बिगतमा राष्ट्रिय पोशाक दौरा सुरुवाल टोपी लगाउने शोषक र राजसंस्थाका पक्षधरहरु सामान्ती हुन भन्दै क्रान्ति को बिगुल फुकेर बन्दुकको नाल बाट सत्ता प्राप्ति गर्छौ भन्दै जनयुद्ध को नेतृत्व गरेका प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड समेत दौरा सुरुवाल र टोपिमा सुसज्जित भएको बताउनु भएको थियो । प्रचण्डले इस्वर र जनताको नाममा सफत खाइ राष्ट्र नायक स्व श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह को जन्मोत्सवमा सार्बजनिक बिदा दिएर आम नागरिकको मन मा छुट्टै उमंग र आशा पलाएको जनाएका थिए ।

त्यस्तै कमल पोख्रेलले कुनै दल वा ब्याक्तिले आयोजना गरेर होइन समग्र नेपालिको ऐतिहासिक दिन भएकाले सबै दल र नागरिक यसमा एक हुन आग्रह गर्नु भएको थियो । राप्रपा नगर सचिव नवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस्तै सोहि अवसरमै दर्शन समाज कपिलवस्तुको आयोजनामा नगर भित्र राष्ट्रिय गित संगीतका साथ र्याली पनि सम्पन्न भएको छ । त्यसै गरि वेलफेयर सोसाइटी को आयोजनामा दिप प्रज्वलन समेत गरिएको सोसाइटीका अध्यक्ष खाणले जनाउनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation