प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो: कालाथोकी

उपकार अनलाइन, प्युठान ।
प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ।

बुधबार माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको औपचारिक उद्घाटन गदैं प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका उपाध्यक्ष कालाथोकीले यस्तो बताउनु भएको हो। उहाँले वास्तविक मापदण्डअनुसार सहभागी छनौट गरेमा मात्र कार्यक्रमको लक्ष्य प्राप्त हुने उल्लेख गर्दै गरिव तथा विपन्न तथा वेरोजगार भई वसेकाहरुलाई न्युनतम रोजगारी प्रदान गरेको समेत बताउनु भयो। साथै उहाँ सो परियोजनामा विनियोजित वजेट स्थानीय जनसमुदायको माग, आवश्यकता , समस्या र वर्तमान अवस्थाको विश्लेषण गरि उपयुक्त क्षेत्रमा खर्च गरेमा विकास र समृद्धिको संवाहक नवन्नेमा दुईमत नरहेको दावी गर्नु भयो। सो परियोजना मार्फत यस आर्थिक वर्षमा माण्डवी गाउँपालिका ४ मा उदयपुरकोट देखी सल्लिखर्क, सिरवारी जोडने मोटरबाटो निर्माण गर्ने सम्झौता भएको समेत गाउँपालिका उपाध्यक्ष कालाथोकीले जानकारी दिनु भयो।

यस्तै कार्यक्रमकै अवसरमा निश्चित मापदण्ड अनुसार छनौटमा परेका कामदारहरुलाई परिचयपत्र बितरण गरिएको छ। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कालाथोकीर वडा अध्यक्ष डिलबहादुर घर्ती मगर, कार्यपालिका सदस्य वालिका नेपाली ,गाउँसभा सदस्य द्वय सानू परियार र बालाराम खत्री,रोजगार संयोजक भेषराज अधिकारी ,रोजगार सहायक चन्द्रबहादुर कार्की सहित स्थानीय समाजसेवी तथा वुद्धिजीवि व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation