मायादेवी वडा नं.३ का वडा अध्यक्ष यादवद्वारा न्यानो कपडा वितरण

कपिलवस्तु । कपिलवस्तुमा विगत केही दिनदेखि अत्याधिक जाडो बढेकोले मायादेवी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवद्वरा न्यानो कपडा वितरण गरिएको छ । मायादेवी गाउँपालिकाको वडा नं .३ अन्तर्गत छोटकी डिहवा खैराटी, बरगदवा गाउँमा रहेका सैंयो भन्दा बढी जेष्ठ नागरिक, बिधवा, तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको हो ।

चिसो बढेको बोलमा न्यानो कपडा पाएको भन्दै स्थानीयहरुले खुशी ब्यक्त गर्दै वडा अध्यक्ष यादवलाई धन्यवाद समेत दिएका थिए । त्यस्तै बरसौली गाउँमा र चौदहवा, अतरपरी, बिचौवापुर को देबेन्द्र स्मृति प्रा.वि. मा बितरण भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation