कपिलवस्तु । कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन गरिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको सबैभन्दा पुरानो तथा एतिहासिक मावि श्री बुद्ध पदम माध्यमिक विद्यालय तौलिहवा कपिलवस्तुको बिधालय ब्यवस्थापन समिति मानमानी ढंगले यहि पुष २४ गते गठन गरिएको छ ।
लोकतान्त्रिक तरिकाले ५० वा ५१ प्रतिशत अभिभावकको उपस्थिति गराई समिति गठन गर्नुपर्ने मा बिना अभिभावक सुचना दि एउटा कोठामा ९१ जना आफ्नो अभिभावक को उपस्थिति गराई मनमानी ढंगले ताली बजाएर निर्विरोध व्यवस्थापन समिति गठन गरिएको छ । कोठामा गठित यो समिति अमान्य रहेको अभिभावकको गुनासो रहेको छ ।
उक्त माध्यमिक विद्यालय मा लगभग १५०० जना भन्दा बढी बिधार्थीहरु रहेका छन भने १००० जना भन्दा बढी जति को अभिभावक रहेकोमा मात्र ९१ जनाको उपस्थितिमा उक्त समिति गठन गरिएको छ। यसमा मुर्ख बनाउने एउटा आझै समिति राखेका छन कि शिक्षक अभिभावक व्यवस्थापन समिति जसको केही काम छैन मात्र सालमा एकचोटी अडिट हुदा बोलाउने र सहि छाप गराइ घर पठाउने काम मात्र हो ।
त्यसलाई लोभ लालचमा पारी अरु उम्मेदवार लाई बसाली जबरजस्ती गरी उक्त व्यवस्थापन समिति गठन गरिएको छ । यस समिति गठनको मुख्य निर्वाह कर्ता उक्त मा। बि। अन्तर्गत पर्ने वडा का वडा अध्यक्ष, शिक्षा कार्यालय बाट खटिएका प्रतिनिधि, प्रधानध्यापक को मिलोमतो मा यो समिति गठन गरिएको हो। अभिभावक लाइ बिना सुचना दि मनमानी ढंगले यस्तो बिधालय जस्तो पवित्र ठाउँमा राजनिती गर्नु कहाँ सम्म जायज रहेको अभिभावकको गुनासो रहेको छ । यस्तो कार्य गरेकोमा सम्पुर्ण अभिभावकहरु असन्तुष्ट रहेका छन ।
लोकतान्त्रिक तरिकाले अभिभावकहरु सुचना दि ४५० वा ५०० जनाको हाराहारीमा अभिभावक भेला बोलाई सर्वसम्मति वा निर्वाचन गराई विधालय व्यवस्थापन समिति पुनर्गठन गठन गर्नुपर्ने अभिभावकहरुको जोडदार माग रहेको छ। यो विषयलाई लि कपिलवस्तु नगरपालिका शिक्षा शाखामा गई बि।नि। सँग यो कुरा राख्दा बि। नि।का अनुसार उक्त समिति मैंले गठन गरेको छैन र यसको बारेमा म पत्ता लगाउछु भन्दै भने कि निवेदन लेखेरा कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल निर जानुहोस उहाँले हेर्नुहुन्छ भनि आफु पछि हटेको र निवेदन लिएर नगर प्रमुख पौडेल निर जाँदा उहाँ पनि यो निवेदन जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्छ भन्दै पछि हटे फेरि उक्त पुनर्गठन गराई पाँउ भन्ने निवेदन कपिलवस्तु जिल्ला प्रमुख धर्मेन्द्र कुमार मिश्रा निरा जाँदा यो जिल्ला प्रशासनको काम हैन यो स्थानीय निकायको काम रहेकोले गर्दा कपिलवस्तु नगरपालिका बाट जो हुन्छ तय पनि जिल्ला प्रमुख धर्मेन्द्र कुमार मिश्राले उक्त निवेदन लि निवेदनमा तोक लगाई कपिलवस्तु नगरपालिकामा पठाएकोमा नगर प्रमुख सुदिप पौडेलले अहिले उक्त पत्र नआएकाले पत्र आएपछि हेर्छु भनी पछाडि हटी रहेकोले गर्दा सम्पुर्ण अभिभावकहरु चिन्तित भएका छन ।
अभिभावकहरुका अनुसार यदि उक्त व्यवस्थापन समिति पुनर्गठन नभए भने कपिलवस्तु नगरपालिका प्रति हामी अन्दोलनको बाटो रोज्नुपर्ने बाध्य हुन्छम । उक्त बिधालय व्यवस्थापन समिति सदस्यमा २ पुरुष २ महिला हुने गरी बनाइएको छ र एक जनालाई उक्त समितिले मनोनित गर्ने गरी बनाइएको छ ।
२४ गते मनोमानी ढंगले गठन गरिएको नाम स्( दुर्गेस पाण्डे, अजाद दर्जी, कमलेस त्रिपाठी र २ महिला जसमा एक महिलाले त टिका लगाए तर आर्को चाहिँ घर गए यस्तो मनमानी ढंगले समिति गठन गर्न पाईन्ना भन्ने अभिभावकहरुको भनाई रहेको छ ।