![](http://upakaronline.com/wp-content/uploads/2023/01/322175995_714218576767632_8716466224924097219_n.jpg)
कपिलवस्तु । नवलपरासीमा सवारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्रवार बिहान सुनवल नगरपालिका वडा नं। ४ अल्कत्रेडाडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ९६३१ नम्बरको पिकअप र बिपरित दिशाबाट जादै गरेको ना ५ ख ९७१५ नम्बरको कोइला लोड गरेको ट्रक एक आपसमा ठोकिदा पिकअप चालक चितवनको भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने ५२ बर्षिय राज कुमार बि।क। को टाउको र शरिरको बिभिन्न भागमा चोट लागी घाइते अबस्थामा रहेकोले तत्काल उद्धार गरि उचपारको लागी जिल्ला अस्पताल परासी पठाईएको गम्भिर घाईते विक को उपचारको क्रममा मृत्यु भएको हो ।
साथै सो पिकअपमा सवार भरतपुर महानगरपालिका वार्ड नं २३ बस्ने २५ बर्षिय शिव श्रेष्ठको टाउको र दुवै खुट्टामा चोट लागि घाइते भएकोले निजलाई उद्धार गरी उपचारको लागी देवदह मेडिकल कलेज भलुही पठाईएको प्रहरीले जनाएको छ।
ट्रक चालक मकवानपुरको मनहरी गाउंपालिका वार्ड नं ३ हांडिखोला बस्ने ४८ बर्षिय कान्छा तामाङ र दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको, घटना के कसरी हुन गएको हो भन्ने बिषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।