अब सम्पूर्ण तागत पार्टी निर्माणमा लगाउँछु : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका नेता घनश्याम भुसालले अब आफ्नो सम्पूर्ण शक्ति पार्टी निर्माणमा लगाउने बताएका छन् । शुक्रबार बानेश्वरस्थित एक होटेलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रममा नेता भुसालले देशको राजनीति अप्ठेरो स्थितिमा रहेको पनि बताए ।

सम्पूर्ण तागत पार्टी निर्माणमा हुनेछ । व्यक्ति भनेको व्यक्ति हो । इतिहास धेरै अप्ठेरोबाट गुज्रियो । राजनीतिमा धेरै अप्ठेरो आउन सक्छ । अझ धेरै मुलुकको राजनीतिलाई हल्लाउन सक्छ, भुसालले भने ।

उनले आफू समाजवादी सिद्धान्त निर्माणको अभियानमा रहेको पनि बताए । उनको भनाइमा एकीकृत समाजवादी अहिले अप्ठेरोमा छ । तर, देशको राजनीति धेरै अप्ठेरोमा रहेको उनले बताए । एकीकृत समाजवादी अप्ठेरोमा छ । त्यो भन्दा धेरै अप्ठेरो हाम्रो राजनीतिमा छ, भुसालले भने ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation