माघी महोत्सव बाणगंगामा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्य

कपिलवस्तु । माघी महोत्सव बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बेलुन बेच्ने नासिक महम्दको प्लास्टिक बेलुन बिक्रीका लागि राखिएको शिलिण्डर बिष्फोट हुँदा मृत्यु भएको हो । उनि बनगाइमा बस्दै आएको पनि स्रोतले जनाएको छ ।

आज बाट सुरु भएको महोत्सवमा हाइड्रोजन ग्याँस विस्फोट हुँदा अन्य केही घाइते समेत भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । चौँथो माघि महोत्सव बाणगंगा ९ कपिलधाममा आज देखी सुरु भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation