सैनामैनामा दुर्घटना अपडेट : १ जनाको मृत्यु, ९ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ४३८४ नम्बरको बोलेरो एक आपसमा ठोक्किएको थियो दुर्घटनामा रुपन्देहीको शुद्धोदन गाउँपालिका १ बस्ने ३५ वर्षका गोरक लोहियाको मृत्यु भएको हो ।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation