महेन्द्रनगर माविको ४० औ वार्षिकोत्सब सम्पन्न

रुपन्देही ।  रुपन्देहीको गैडहवा गाउँपालिका वाड न ९ मा रहेको महेन्द्रनगर माध्यमिक बिद्यालयको ४०औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालले शिक्षा बिना समाज परिवर्तन नहुने बताउदै भौतिक बिकास सगै गुणस्तरीय शिक्षा बिद्यार्थीलाई दिनुपर्ने भनाइ राख्दै कम्प्युटर ब्यबस्थापन को लागि कम्प्युटर कक्षा को लागि बजेट ब्यबस्थापन गर्ने बताउदै ४ कोठ भवन आगामी बजेटमा ब्यबस्थापन गर्ने बताउनु भयो।

विशिष्ट अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले गाउँपालिकको शिक्षा गुणस्तरीय बनाउन गाउँपालिकाले पहिलो प्राथमिकतामा बजेट विनियोजन गरेको बताउदै शिक्षा गुणस्तरीय बनाउन शिक्षक अभिभावक जनप्रतिनिधि कर्मचारी सबैको बराबर जिम्मेवारी रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि गैडहवा वडा न ९ अध्यक्ष मिना क्षेत्रीले महेन्द्रनगर माध्यमिक बिद्यालय लाई ४० औं वार्षिकोत्सबको शुभकामना दिदै बिद्यालयलाई सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो ।

बिद्यालयका प्रधानाध्यापक बसन्त बहादुर हिताङले बिद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीयतामा बिद्यालय जिम्मेवार रहेको बताउदै सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद दिनु भयो ।

पुर्व बिद्यालयका अध्यक्ष प्रेम रानाले शिक्षकले पढाईमा ध्यान दिएर अध्यन गराउनुपर्नेमा जोड दिदै राजनीतिक ठाउँको रुपले कसैले प्रयोग गर्न नहुने बताउनु भयो।स्वागत मन्तव्य बिद्यालय शिक्षक राम प्रसाद शर्मा ले सम्पूर्ण लाई स्वागत गर्नु भएको थियोे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation