विमान दुर्घटनाको एक साता : पहिलो पाइला नेपाल बुद्धभुमिले गर्यो घन्चौरामा दिप प्रज्वल्न

 बुद्धभुमि ।  पोखरामा माघ १ गते आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा आज बुद्धभुमि ३ घन्चौरा कपिलवस्तु मा दीप प्रज्वलन गरिएको छ ।

पहिलो पाइला नेपाल प्रस्तावित बुद्धभुमी शाखाको आयोजना मा भएको कार्यक्रम को अध्यक्षता सस्था का अध्यक्ष सरोज भुषाल , कार्यक्रम को प्रमुख अतिथी समाज सेवि इन्द्रमणि पौडेल र अतिथि समाज सेवि हुकुम बहादुर कुवर, शिवलाल पौडेल , बसन्त थापा पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनी ले गर्नु भएको थियो भने कार्यक्रम को संयोजक दामोदर पौडेल ले गर्नु भएको थियो । कार्यक्रम को सहजीकरण बिष्णु पौडेल ले गर्नु भएको थियो ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान लिएको यती एयरलाइन्सको एटिआर विमान ढल्(ब्ल्ऋ दुर्घटनामा परि चालक दलका ४ जना सहित सवार ७२ जना सबैको निधन भएको थियो ।

उक्त विमान दुर्घटनामा परेका दिवाङ्गत आत्माहरुको चिर शान्तिको कामना गर्दै ७२ क्यानडल बालिएको थियो र मृतकहरुप्रति १ मिनेट मौन धारण गरिएको थियो । पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनी ले शोक मन्तव्य राख्दै यो घटना अति नै पीडादायि रहेको र यो घटना ले देश नै शोक मा डुबेको जनाउदै यस्तो घटना अब नदोहोरियोस भन्ने आफुले कामना गरेको बताउदै मृत आत्म को चिर शान्ति को कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको थियो । शाखा संयोजक ले उपस्तिथि सम्पुर्ण मा धन्यवाद दिदै उक्त शोक सभा कार्यक्रम सम्पन्न भएको थियो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation