![](http://upakaronline.com/wp-content/uploads/2023/01/received_3342719255967178-1024x536-1-670x420.jpeg)
बुटवल । तामाङ नयाँ वर्ष २८५९ औं सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी निकालेको छ । यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई स्वागत गर्ने रुपमा नया वर्ष सप्ताहब्यापी कार्यक्रम अन्तरगत मुख्य दिनमा आईतबार सोनाम ल्होछार मनाएको हो ।
बुटवलको पुष्पलाल पार्कमा दिप प्रज्वलन गरी शान्तिपद यात्रा शुरु भएका थियो । र्याली दीपनगरस्थित तामाङको पुजास्थानमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए ।
बिसं २०५८ सालमा स्थापना भई तामाङ जातीलाई एकतावद्ध गरि रचनात्मक कार्यक्रम गर्दै आएको उनले दाबी गरे । ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ ।’(उनले भने ।
कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गरे । नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातिय पहिचानसंगै सामाजिक कामहरु गर्दै आएको बताए । मन्जुश्रीले उपत्यका बस्तिलाई बस्न योग्य बनाउदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुदा पनि उनिहरुको पहिचान भएको छ । नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनिहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए ।
नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।