सुर्खेतमा जीप दुर्घटना : चारजनाको मृत्यु

काठमाडौं ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

जीप चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।

पाँचजना सवार बागमती प्रदेश ०१०-२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गएराति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।

चारैजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते एकजनाको उपचार भइरहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation