माण्डवीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तयारीलाई तिव्र पारिदैं

प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ।माघ १६,१७,र १८गते हुने सो रनिङ सिल्ड प्रतियोगिता वारेमा आज श्री कृष्ण आधारभूत बिधालय माण्डवी(३ मार्सिवाङ प्युठानमा छ्लफल समेत सम्पन्न भएकोे गाउँपालिकाले जनाएको छ ।

मार्सिवाङ खेलमैदानमा हुने प्रतियोगिताका लागि सम्पन्न छलफल कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी, बिधालय व्यवस्थापन समिति, शिक्षक,अभिभावक र स्थानीयहरुको सहभागिता रहेको थियो । छ्लफलमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले खेल संचालनका निम्ति स्थानीयले आवश्यक सहयोग गर्ने गरि भब्य र सब्य ढंगले सम्पन्न गर्ने प्रतिबद्द्ता व्यक्त गर्नु भएको छ ।

छ्लफलमा माण्डवी गाउँपालिका अध्यक्ष रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,वडा न(३ का अध्यक्ष धनेन्द्र कार्की,माण्डवी गाउँ कार्यपालिका प्रबक्ता जितामित्र सुनार लगायतको उपस्थिति रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation