अर्घाखाँची महोत्सव सुरु, पुर्व उपप्रधानमन्त्री रायमाझीद्धार उद्घाटन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ ।

अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो ।

१४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र ५ करोडको कारोबार हुने अपेक्षा रहेको अध्यक्ष मिश्रको भनाइ छ ।

May be an image of 12 people, people standing and outdoors

अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सले ‘पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गरेका हुन् । महोत्सवको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले पानसमा दीप प्रज्वलन गरेर गर्नु भएको छ।

मेला उद्घाटन गर्दै नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रायमाझीले अहिले देश र अर्थतन्त्र संकटमा परेको बताउँदै अर्थतन्त्र चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

वामपन्थीहरुँंगै अन्य दलहरु मिलन भएर सरकार बनेका कारण यो पूरा अवधिसम्म जान्छ वा जाँदैन भनेर अहिले भन्न नसकिने अवस्था रहेको रायमाझीको भनाइ छ । त्यस्तै अहिले देशको अर्थतन्त्र खराब अवस्थामा रहेकाले यसको नियन्त्रणमा सबै लाग्नु पर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

‘समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने नाराका साथ सन्धिखर्कको कुँडुले फाँटमा कृषि, पर्यटन, उद्योग र व्यापार महोत्सव सञ्चालन भएको हो ।

unn.prixa.net

महोत्सवमा जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने तथा स्थानीय स्तरमा उत्पादन हुने सुन्तला, कफी तथा अन्य उत्पादित वस्तुको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन तथा जिल्लालाई चिनाउनका लागि महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्न र पर्यटकीय क्षेत्रको प्रचार गर्न महोत्सवले भूमिका खेल्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

महोत्सवको उद्घाटन सत्रमा विभिन्न समुदायहरुले आफ्नो जातीय र भेषभुषा झल्कने खालका झाँकीहरुसमेत प्रदर्शन गरेका थिए । महोत्सवमा स्थानीय नेवारी समुदायको मौलिक नाच, भैरव नाच, सोरठी नाच, मारुनी नाच, अर्घाका पञ्चेबाजालगायत प्रदर्शन गरिएको थियो ।

May be an image of 13 people, people standing and outdoors

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation