
प्युठान । माण्डवी गाउँपालिका प्युठानमा प्रधानाध्यापकहरुको समिक्षा बैठक सम्पन्न भएको छ। आज सम्पन्न समीक्षा बैठकमा गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोसनले शिक्षा सुधारको प्रमुख खम्बा शिक्षक भएको हुँदा विद्यालय सुधार गर्न तर्फ केन्द्रित हुनु पर्ने बताउनु भयो । साथै अध्यक्ष अधिकारीले शिक्षा नै समाजको ज्योति भएको उल्लेख गर्दै शिक्षकले कौशल्यता र क्षमता प्रदर्शन गरि गाउँपालिकामा शिक्षालाई अग्रिम परिवर्तन गर्नु पर्ने वताउनु भएको छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले शिक्षा सम्बन्धि स्थानीय सरकारले गरेको निर्णय कार्यन्वयन गर्ने दायित्व सबै शिक्षकको रहेको बताउदै ब्यबहारिक शिक्षालाई पनि जोड दिन पर्ने बताउनु भएको छ । समिक्षा बैठक को सहजीकरण शिक्षा शाखा प्रमुख तुल्सी कार्किले गर्नु भएको थियो ।