बाणगङ्गा पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न

 

बाणगङ्गा सामुदायिक पुस्तकालयको सातौ स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको छ ।

उपकार अनलाइन, कपिलवस्तु ।
विहिवार वसन्त पन्चमी अर्थात सरस्वती पुजाको दिन पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको हो । स्थापना दिवसको अवसरमा विभिन्न बिधाका तीन जना श्रष्ठा समेत सम्मानित भएका छन् ।

कपिलवस्तु जिल्लामा रहेर साहित्य बिधामा महत्त्वपूर्ण योगदान गरेका तीन जनालाई बिगतका बर्ष देखि सम्मान गरिने ब्यबस्था रहेको थियो । सम्मान पुरस्कारको स्थापना शैक्षिक एबम सामाजिक ब्याक्ति बासुदेव घिमिरेले गर्नु भएको हो ।
विहिवार सम्पन्न पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा पुस्तकालयको परिसरमै सम्पन्न भएको हो ।

कार्यक्रममा वलि मोहम्मद मुसलमान ,चतुरभुज पाण्डे र कबिता अधिकारी (फुच्ची) काव्य शाधक पुरस्कारबाट सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बाणगङ्गा नगर शिक्षा शाखा प्रमुक खिम बहादुर जि सि हुनुहुन्थ्यो । वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु कुमार शारु, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे ,युवा साहित्य साधक समीर सायर लगायत विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा शिक्षा, साहित्य र समाजका अगुवाई गर्ने प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बाल कबि जोशिका कडेल, कबिता अधिकारी , राधालक्ष्मी शर्मा (ॠषिका) कवि मोहन ज्ञवाली, लेखनाथ घिमिरे लगायतले आ–आफ्ना साहित्यिक रचना वाचन गरि कार्यक्रमलाई मनमोहक पार्नुभएको थियो।

पुस्तक र पुस्तकालयको महत्त्व बुझ्ने बुझाउने अभियानमा राज्य र समाज मिलेर हातेमालो गरि तत्काल पुस्तकालयको आफ्नै भवन निर्माण गरि पुस्तकालयले संसार बदल्न सक्ने कुराको औचित्य पूरा गर्न लाग्नु पर्ने बताएका थिए । कार्यक्रम मा युवा साहित्यकार समीर सायर, डोलकराम घिमिरे , मोहन ज्ञवाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। सबैको भावना प्रती राज्य गम्भीर रहने र तत्काल जग्गा ब्यबस्थापन भएमा भवन निर्माण कार्यमा राज्यको तर्फबाट आवस्यक आर्थिक सहयोग पुराउने कुरा कार्यक्रमका प्रमुख अतिथी खिम बहादुर जि सिको भनाइ छ। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका लेखा समिति संयोजक धर्मराज घिमिरेले राख्नु भएको थियो। भने कार्यक्रम को संचालन संस्थाका सचिब बुद्दी सागर बेल्बासेले गर्नुभएको थियो।

अतिथी सम्मानमा ब्यब्स्थापक चित्रा भन्डारी, कोषाध्यक्ष चन्द्रकला बर्तौला, सद्स्य राधिका आचार्यले गर्नुभएको थियो । कार्यक्रमलाई भब्यताका साथ सफल पार्न उपस्थित हुनुभएका सबै प्रती पुस्तकालय स्थापना देखि हालसम्म निशुल्क भवन उपलब्ध गराउनु भएका वरिष्ठ समाजसेवी सागर प्रसाद श्रेष्ठ ज्यु प्रती विशेष पुस्तकालयले धन्यवाद व्यक्त गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation